Logo

अर्थ

‘हिमालयन ८०-२०’ को लाभांश घोषणा



काठमाडाैं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०-२०’ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । हिमालयन क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाका इकाईधनीहरुलाई आव २०८१/८२ का लागि लाभांश घोषणा गरिएको हो ।

योजना व्यवस्थापक हिमालयन क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैठकले उक्त योजनाका इर्काधीनहरुलाई १६.१६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार ११:३८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।