Logo

अर्थ

नेपालमा पहिलो स्टेम सेल अनुसन्धान केन्द्र स्थापना



काठमाडौं । नेपालमा पहिलो पटक स्टेम सेल अनुसन्धान केन्द्र स्थापना गरिएको छ । काठमाडौंमा सुरु गरिएको यस केन्द्रलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि मानिएको छ ।

उज्ज्वल भण्डारी, डा. रघुराम भण्डारी र अमोद शर्माको नेतृत्वमा स्थापना भएको केन्द्रमा अत्याधुनिक प्रयोगशाला सुविधा रहेको छ । यहाँ उत्पादन हुने स्टेम सेल अस्पताल तथा चिकित्सकलाई उपलब्ध गराइनेछ ।

केन्द्रले क्यान्सर, रक्तसम्बन्धी समस्या र रोग प्रतिरोधात्मक प्रणालीसम्बन्धी रोगको उपचारका लागि अनुसन्धान गर्ने लक्ष्य लिएको छ । हाल भने नेपालमा स्टेम सेल थेरापीसम्बन्धी कानूनी संरचना अझै विकास चरणमा रहेको छ ।

स्वास्थ्य विज्ञहरूले केन्द्रलाई बिरामीका लागि आशाजनक कदमको रूपमा लिएका छन् । केन्द्रले नेपाललाई दक्षिण एसियामा स्टेम सेल अनुसन्धान तथा उपचारको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १३:३१   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।