Logo

अर्थ

नेप्सेमा दोर्दी खोला जलविद्युतको १ करोड बढी कित्ता हकप्रद सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । दोर्दी खोला जलविद्युत कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद सेयर आज सूचीकृत भएको हो ।

सो पश्चात् कम्पनीको सूचीकृत सेयर संख्या २ करोड १० लाख ८५ हजार २०८ कित्ता पुगेको छ । सूचीकृत हकप्रद सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १५:५८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।