Logo

अर्थ

हिमालयन ८०-२० योजनाको लाभांश घोषणा



काठमाडाैं । हिमालयन बैंक लिमिटेड कोष प्रबद्र्धक तथा हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फण्डअन्तर्गतको पहिलो बन्दमुखी सामूहिक लगानीकोष योजना ‘हिमालयन ८०–२०’ले आर्थिक वर्ष २०८१/०८२ मा १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको भदौ १३ गते साँझ ५ बजे बसेको ७४औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट योजनाका ईकाइधनीहरुलाई करसहित १६.१६ प्रतिशतको दरले हुनआउने रु १६,१६,००,००० (अक्षरेपी सोह्र करोड सोह्र लाख रुपयाँमात्र) प्रतिफलको रुपमा बितरण गर्ने निर्णय गरेको हो ।

हिमालयन ८०-२० योजनाले प्रदान गर्ने लाभांश प्रक्षेपणभन्दा ६ प्रतिशत अधिक र अनुमानित आन्तरिक प्रतिफल दर बराबर रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार १५:०९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।