Logo

अर्थ

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्शद्वारा सम्मानित



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन चेम्बर अफ कमर्शद्धारा बैंक तथा बित्तीय संस्थाहरुलाई प्रदान गरिने बाणिज्य बैंक तर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएको छ । बैंकले Best Performance on Risk Management, Best Bank and Best Performance on Assets Quality बिधामा उक्त सम्मान प्राप्त गरेको हो ।

भारतको नयाँ दिल्लीमा इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले उक्त पुरस्कारहरू ग्रहण गरेका थिए ।

नेपाल एसबिआई बैंक लिले बिगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार १५:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।