Logo

अर्थ

आरविवि फोकस ४० को इकाई खरिदका लागि आजदेखि आवेदन खुला



काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने आरविवि फोकस ४० को इकाई बिक्री आजदेखि खुला गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक र आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गरिएको हो ।

कुल निष्कासनमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको हो । सार्वजनिक निष्कासन गर्न लागिएको मध्ये १ प्रतिशत योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यो योजनाको इकाई बिक्री बन्द छिटोमा भदौ २२ गते र ढिलोमा असोज १ गते बैंकिङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा आरविवि मर्चेन्ट बैंकिङ रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १०:४३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।