Logo

अर्थ

गोंगबुबाट सुन र नगदसहित पक्राउ परेका श्रेष्ठलाई राजस्वमा पठाउने निर्णय



काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई प्रहरीले राजस्वमा बुझाउने निर्णय गरेको छ ।

मंगलबार प्रहरीले छापा मारेर श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद र ९ केजी ८३७ ग्राम सुनका गहना बरामद गरेको थियो ।

गोरखा नगरपालिका वडा नम्बर–६ घर भएर गोंगबुमा बस्दै आएका श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १३:४१   :  बजे

288
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।