Logo

अर्थ

ओमस्टोन होटेल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल



काठमाडाैं । ओमस्टोन होटेल्स लिमिटेड (दुसितथानी हिमालयन रिर्सोट)ले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । दुई संस्थाबीच आज एक समारोहका बीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक रमेशकुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

उक्त सम्झौताअनुसार सिटिजन्स क्यापिटलले दुसितथानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड)को प्राथमिक सेयर सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । उक्त समारोहमा संस्थापकको तर्फबाट प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १४:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।