Logo

अर्थ

सेयर बजारमा गिरावट कायमै, ५ अर्ब १४ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९ को विन्दुमा कायम भएको छ ।

आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब १४ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३५ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । विन्ध्यावासीनी हाइड्रोपावरको १९ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीकर्ताले कमाएका छन् । यसका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ३.८३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १५:२१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।