Logo

अर्थ

दशैं, तिहार र छठलाई विशेष बनाउँदै सेन्साइको आकर्षक अफर



काठमाडौं । जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्राण्डले यसपालिको महान् चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै उपभोक्ताहरुलाई विशेष उपहार योजना ल्याएको छ ।

यस अफरअन्तर्गत ग्राहकहरुले सेन्साइको कुनै पनि घरायसी सामानहरुको खरिदमा २५ प्रतिशत सम्म क्यास ब्याक, पक्का उपहार पाउने अवसरका साथै मासिक उपहारमा सेन्साइका वासिङ मेसिन र बक्परमा हिरो स्प्लेन्डर मोटरसाइकल जित्ने सुवर्ण अवसर पनि पाउनेछन् ।

यो उपहार योजनामा सहभागि हुन ग्राहकहरुले सेन्साइका सामान खरिद पश्चात बिज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरि आफ्नो बिवरण भरि पठाउन पर्नेछ ।

यस योजना अन्तर्गत, ४३ इन्च सम्मको टिभीको खरिदमा आकर्षक क्यास ब्याक तथा सो भन्दा माथिको टिभीको खरिदमा सावोमिको पोर्टेबल स्पिकर पाउन सकिनेछ । साथै, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर र सेस्ट फ्रिजरको खरिदमा आकर्षक क्यास ब्याक पाउन सक्नुहुनेछ भने सेमि अटोमेटिक वासिङ मेसिनमा ३ के जी यरियल र फ्रन्ट लोड वासिङमा ६ केजी यरियल पाउन सकिने कम्पनीले जनाएकाे छ ।

यी सामानहरु तपाईहरुले सजिलै शुन्य प्रतिशत इएमआइमा बिना झन्झट केबल नागरिकताको भरमा लिन सकिनेछ भने तपाईका पुराना घरायसी सामानहरु संग पनि उच्च मुल्याङ्कनमा एक्चेन्ज गर्न सक्नेछन् । सेन्साइको टिभीको खरिदमा ९ महिनाको निस् शुल्क नेट टिभीको सदस्यता पनि पाइनेछ ।

सेन्साइले हरेक चाडपर्वमा ग्राहकहरूको जीवनशैलीलाई अझ सहज, रमाइलो र आधुनिक बनाउन विशेष योजना ल्याउने परम्परा निरन्तरता दिएको छ । यसपालि पनि दशैं–तिहारमा ग्राहकले खरीदसँगै अतिरिक्त खुशी पाउनेछन् ।

यो अफर यहि भाद्र १९ गते देखि नेपालभरका सबै सीजीका शोरुमहरु तथा आधिकारिक विक्रेताहरुमा उपलब्ध रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार ११:१०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।