काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ दोहोरिएका छन् । सीइओ खालिङ दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् ।
सीईओ खालिङको चारवर्षे कार्यकाल आउँदो असोज ७ गतेदेखि सकिँदैछ । असोज ८ गतेदेखि लागु हुने गरी पुनः चार वर्षका निम्ति उनलाई नियुक्त गरिएको हो ।
आइतबार (भदौ २२) बसेको सञ्चालक समितिको बैठकबाट आउँदो कार्यकालका निम्ति उनलाई निरन्तरता दिने निर्णय गरिएको बैंकले जनाएको छ ।
एउटा बैंकमा एक सीईओले ८ वर्षसम्म नेतृत्व लिन पाउने व्यवस्था छ ।





















प्रतिक्रिया