Logo

अर्थ

सेयर बजारमा गिरावट, ४ अर्ब ४० करोडकाे काराेबार



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८ को विन्दुमा कायम भएको छ ।

आज ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७३ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ४० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एभरेष्ट बैंकको २२ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १५:२९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।