काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका कारण भएको तोडफोड र आगजनीबाट भएको क्षतिको बीमा दाबी छिटो र सहज रूपमा भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा अर्बौं रुपैयाँ बराबरको नोक्सानी भएको उल्लेख गर्दै प्राधिकरणले निर्जीवन र लघु बीमा कम्पनीलाई दाबी भुक्तानी प्रक्रिया तत्काल अघि बढाउन भनेको हो।
सम्पत्ति, गाडी, कृषि, पशुपन्छी, हवाई, ठेकेदार जोखिम लगायत शीर्षकमा आएका दाबीको विवरण साप्ताहिक रूपमा बुझाउन पनि निर्देशन दिइएको छ।




















प्रतिक्रिया