Logo

अर्थ

यातायात सञ्चालनमा ल्याउन ट्रक व्यवसायीको आग्रह



काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले अवरुद्ध यातायात सेवा तत्काल सुचारु गर्न आग्रह गरेको छ ।

महासंघले जेनजीका मागलाई शान्तिपूर्ण संवाद र सहकार्य मार्फत सम्बोधन गरी बन्द रहेको यातायात क्षेत्र पुनः सञ्चालनमा ल्याउन अपिल गरेको हो ।

महासंघ महासचिव राजेन्द्रविक्रम बानियाँले विज्ञप्ति जारी गरी जेनजीले अघि सारेका राजनीतिक, सामाजिक र आर्थिक सुधारका मागलाई सरकार, सम्पूर्ण राजनीतिक दल र सरोकारवाला निकायले गम्भीरतापूर्वक लिई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

संविधानको रक्षा गर्दै सडक यातायात सुचारु गर्न र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार बन्न महासंघले आह्वान गरेको छ ।

‘नेपालको भौतिक, सामाजिक र आर्थिक जीवनको मेरुदण्ड मानिने यातायात क्षेत्र पछिल्ला केही दिनदेखि पूर्ण रूपमा ठप्प छ, सडकमा सवारीसाधन नचल्दा दैनिक उपभोग्य सामग्री, कच्चापदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्तिसम्ममा गम्भीर असर परेको छ, यस अवस्थाले व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविका संकटमा परेको छ भने सर्वसाधारण नागरिकले पनि ठूलो कठिनाइ भोगिरहेका छन्,’ विज्ञप्तिमा छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १५:१४   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।