काठमाडौं । सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालयहरूमा भएको आगजनी र तोडफोडको क्षति मूल्यांकन गरेपछि मात्र सरसफाइ र पुनः निर्माण सुरु गरिने भएको छ।
शुक्रवार मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले सिंहदरबारको स्थलगत निरीक्षण गरेका थिए।
निरीक्षणपछि सबै मन्त्रालयमा भएको क्षतिको विवरण सङ्कलन (मुचुल्का) गरेर मात्र आवश्यक कार्य अगाडि बढाइने मन्त्रालयहरूले बताएका छन्।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मन्त्रालयका अधिकांश भागमा क्षति पुगेको जानकारी दिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा झन्डै १०० प्रतिशत क्षति पुगेको छ। भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा गरिएको आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी र तोडफोड गरिएको थियो, जसबाट सरकारी सम्पत्तिमा ठूलो क्षति पुगेको छ।




















प्रतिक्रिया