अस्ट्रेलिया । मिसेस नेपाल अस्ट्रेलिया २०२५ को फाइनल सेप्टेम्बर १३ मा अस्ट्रेलियाको मेलबर्नमा शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भएको छ । प्रतिष्ठित ताज लीला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा दर्शकलाई प्रभावित गर्दै जितिन्।
ताजसँगै उनले “एलीगेन्ट वाक” उपाधि, एक हजार अस्ट्रेलियन डलरको नगद पुरस्कार, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्।
पहिलो रनर–अपको उपाधि सिवानी कट्टेलले हात पारिन्, जसले “कन्फिडेन्स” ९आत्मविश्वास० पुरस्कार समेत जितिन्। उनले ६०० अस्ट्रेलियन डलर नगद, ३० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्।
दोस्रो रनर–अप आश्मा ९एश० चालिसे घोषित भइन् । उनले “ग्रेसफुल डीभा” ९शालीन सुन्दरी० उपाधि जितिन्। उनलाई ४०० अस्ट्रेलियन डलर, २० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर र अन्य उपहारहरू प्रदान गरियो।
विजेता लीला तिवारी पौडेल नेपालको बुटवल निवासी हुन् र हाल मेलबर्न, भिक्टोरियाको मिकलह्याममा बसोबास गर्छिन्। उनी पेसाले नर्स हुन् र आफ्नो पेसाप्रति गहिरो रुचि राख्छिन्। पेसागत जीवन बाहेक उनी यात्रा गर्न मन पराउँछिन्।
यस प्रतियोगिताको पहिलो संस्करणमा अस्ट्रेलियामा बसोबास गर्ने चौध जना नेपाली विवाहित महिलाहरूले सहभागिता जनाएका थिए। यो मात्र सौन्दर्य प्रतियोगिता नभई अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृति, परम्परा र प्रतिभाको उत्सव पनि थियो।
प्रतियोगीहरूलाई विभिन्न उपाधिहरू मार्फत उनीहरूको उत्कृष्टतालाई सम्मान गरिएको थियो। आकृति सापकोटाले बोल्ड एण्ड ब्युटी, आरती सिंहले इन्टेलेक्चुअल, जमुना अधिकारी रिजालले कन्जेनियलिटी, निवा प्रजापति साहुखलले सोशल इम्प्याक्ट एण्ड एलिगेन्ट पर्सनालिटी, सन्ध्या भट्टराईले हर्ट अफ गोल्ड, जस्मिन चौलागाईं ढकालले मिसेस पोइज, अनुजा मल्ल ढकालले ट्यालेन्ट, विद्या पनेरूले डिसिप्लिन, रश्मी अधिकारीले फोटोजेनिक, दीपा खनालले बेस्ट एटिच्युड र सरस्वती श्रेष्ठले फेसनिष्टा उपाधि हासिल गरेका छन् ।
















प्रतिक्रिया