Logo

अर्थ

दसैँमा यात्रु सहजीकरणका लागि ६ बुँदे निर्णय



काठमाडौं । दसैँमा यात्रुहरूको सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न सरोकारवाला निकायहरूको बैठकले ६ बुँदे निर्णय गरेको छ । आइतबार भएको बैठकमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नाडालगायतको सहभागिता थियो ।

बैठकले यात्रु सुविधा र गुनासो समाधानका लागि उच्चस्तरीय समिति गठन गर्ने, उपत्यका छाड्ने सवारीहरूको प्राविधिक जाँच गराउने, सहायता कक्ष बनाउने, आन्दोलनमा क्षति भएका सवारी तथा संरचनाको क्षतिपूर्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

तर, दसैँको अग्रिम टिकट बुकिङबारे भने कुनै निर्णय गरिएको छैन ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १४:२५   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।