Logo

प्रमुख समाचार

साउनमा एक खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रियो



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, गत आर्थिक वर्ष ०८१/८२ को सोही अवधिको तुलनामा रेमिट्यान्स २९.९ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्षको साउनमा एक खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ३६ हजार९२८ र २२ हजार ६४७ रहेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार २१:३३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।