Logo

प्रमुख समाचार

साढे २० महिनाको आयात धान्ने विदेशी विनिमय सञ्चिति



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)सम्म २०.४ महिनाको वस्तु आयात धान्ने विदेशी विनिमय सञ्चिति रहेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउन मसान्तसम्म २८ खर्ब ६ अर्ब चार करोड रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड बराबरको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।

साउन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने अनुमान राष्ट्र बैंकको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति साउन मसान्तमा ४.० प्रतिशतले वृद्धि भई २५ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग दुई खर्ब ९४ अर्ब ५८ करोड रुपैयाँ छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार २१:३९   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।