Logo

अर्थ

खानीखोला हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद पुनः थप



काठमाडाैं । खानीखोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरको खरिदका लागि आवेदन दिने म्याद दोस्रो पटकका लागि थप गरेको छ । कम्पनीले गत भदौ ३ गतेदेखि हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गरेको छ ।

यो हकप्रदमा भदौ २३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले आवेदन दिने समय भदौ ३१ गतेसम्मका लागि लम्बाइएको थियो ।

तर देशमा हाल सिर्जना भएको विषय अवस्थालाई मध्यनजर गर्दै अन्तिमपटकका लागि अब असोज ५ गतेसम्मका लागि आवेदन दिने म्याद थप गरिएको छ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १०:२७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।