काठमाडौं । बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको मसान्तभित्र ब्याजदर तोकिसक्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले आगामी महिनाका लागि ब्याजदर तोकेका हुन् ।
भदौमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकामा असोजमा घटेर ५.४६३५ प्रतिशत विन्दुमा झरेको छ ।
भदौको तुलनामा असोजमा बैंकहरूको यस्तो ब्याजदर ०.११३५ प्रतिशतले घटेको हो ।
२० वाणिज्य बैंकमध्ये ९ वटाले व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएका छन् । ब्याजदर घटाउनेमा प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंक, सिटिजन्स बैंक, एनआईसी एशिया र कुमारी बैंक रहेका छन् । साथै, कृषि विकास बैंक, नेपाल बैंक र नेपाल एसबिआइ बैंकले पनि ब्याजदर घटाएका छन् ।
त्यस्तै लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने असोजका लागि दिने ब्याजदर बढाएका छन् भने बाँकी बैंकहरू भदौ महिनाकै ब्याजदरलाई असोजमा पनि निरन्तरता दिने भएका छन् ।
कुन बैंकको ब्याजदर कति ?
एनआईसी एशिया बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
नेपाल बैंक लिमिटेडले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.२५ प्रतिशत ब्याजदर दिने भएको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ब्याजदर ५.४ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.७५ प्रतिशत ब्याजदर दिएको थियो ।
प्रभु बैंकले पनि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.३५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
एभरेष्ट बैंकले पनि व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ५.२५ र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.७५ र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंकले साउन महिनाका व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको घटाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।
सानिमा बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ । भदौ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
प्राइम कमर्सियल बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३.१ प्रतिशत ब्याजदर दिएको थियो ।
नेपाल एसबीआई बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.१८ प्रतिशत र संस्थागततर्फ ४.१८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर दिएको थियो ।
ग्लोबल आइएमई बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।
सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर निर्धरण गरेको छ ।
एनएमबी बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
हिमालयन बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।
कृषि विकास बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बेंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२० प्रतिशत र संस्थागततर्फ २.८५ प्रतिशत ब्याजको व्यवस्था गरेको थियो ।
माछापुच्छ्रे बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
कुमारी बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो । ।
स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर बढाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ५.१८ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५.१३ प्रतिशत ब्याज दिएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
लक्ष्मी सनराइज बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर बढाएको छ भने संस्थागत निक्षेपतर्फको स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर दिएको थियो ।
नबिल बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.०५ प्रतिशत ब्याजदर कायम गरेको छ ।





















प्रतिक्रिया