Logo

अर्थ

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ लाख १७ हजार नाघ्यो



काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुनकाे मूल्य ताेलामा १ हजार ९०० रुपैयाँ बढेको छ ।

मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार ११:१४   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।