काठमाडाैं । हालैको जेनजी आन्दोलनपछि काठमाडौंमा भएको आगजनी र तोडफोडका कारण सिर्जना भएको क्षति व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ ।
कम्पनीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसर सरसफाईका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको जनाएको छ ।
शिवम् सिमेन्टका प्रतिनिधिहरूले वर्तमान विषम परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै आगामी दिनहरूमा पनि निरन्तर सरसफाई कार्यक्रम संचालन गर्ने जानकारी दिएका छन् ।
यस अवसरमा कम्पनीले भनेको छ–‘वर्तमान परिस्थितिमा समुदाय र शहरको पुनर्निर्माणका लागि सहयोग र श्रमदान गर्नु हाम्रो कर्तव्य हो। हामी आफ्नो सामाजिक जिम्मेवारी अनुसार काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहनेछौं।’




















प्रतिक्रिया