Logo

अर्थ

उच्च मूल्यबाट १ हजार घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन बुधबार तोलामा १ हजार रुपैयाँ घटेको छ ।

आजका लागि सुनको  मूल्य प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख १७ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि रेकर्ड मूल्यबाट तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २५९५ रुपैयाँमा कारोबार भएकोमा आज २५५० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार ११:३२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।