Logo

अर्थ

बुङ्गल हाइड्रोपावरको आईपीओ बाँडफाँट



काठमाडौं । भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुलेको बुङ्गल हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट भएको छ ।

बिक्री प्रवन्धक हिमालयन क्यापिटलले एक कार्यक्रमकाबीच सेयर बाँडफाँट गरेको हो । कुल २१ लाख ७५ हजार ८८८ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका थिए । स्वीकृत आवेदन २१ लाख ४३ हजार २५० रहेका थिए ।

यीमध्ये १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी १९ लाख ७३ हजार १ सय आवेदकको हात रित्तो भएको छ ।

आईपीओको नतिजा अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १०:४६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।