Logo

अर्थ

सुनकाे मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो ।

चाँदी तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २५५० रुपैयाँमा कारोबार भएको चाँदी आज २५२० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार ११:०७   :  बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।