काठमाडौं । जेनजी आन्दोलनका कारण बन्द भई सेयर कारोबार खुलेको दुई मिनेटमै बजारमा नेगेटिभ सर्किट लागेको छ। कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो । अब २० मिनेटपछि कारोबार पुन खुल्नेछ ।
कारोबार खुलेको पहिलो एक घण्टाभित्र ४ प्रतिशतभन्दा धेरै बजार घटेमा वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सोअनुसार बिहीबार बजार घटेपछि सर्किट ब्रेक लागेको हो।
सर्किट ब्रेक लाग्दा १०७ अंकले नेप्से घटेर २५६५ मा कायम भएको छ ।






















प्रतिक्रिया