Logo

अर्थ

६ प्रतिशतले घट्दै सेयर बजारमा तेस्रो नेगेटिभ सर्किट, बिहीबारका लागि कारोबार स्थगित



काठमाडौं । भदौ २३ र २४ गतेको ध्वंसात्मक घटनापछि खुलेको सेयर बजारमा तेस्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै बिहीबारका लागि कारोबार स्थगित भएको छ । दिनभर बजार ६ प्रतिशत घटेकाे हाे ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घट्यो । त्यसपछि २० मिनेट स्थगित भइ खुलेको कारोबारमा थप १ प्रतिशत अर्थात् कुल ५ प्रतिशत घटेपछि ११ : २३ बजे नै दोस्रो सर्किट ब्रेक लाग्यो ।

दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ : ०४ बजे खुलेको बजार फेरि थप १ प्रतिशत अर्थात् कुल ६ प्रतिशत घटेपछि तेस्रो सर्किट ब्रेकसँगै आजका लागि कारोबार स्थगित भएकाे छ ।

नेप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ । ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भएकाे छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १२:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।