काठमाडाैं । नेपाल सरकारले राजश्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको अन्तर आवद्धता सुरु गरेको छ । असोज २ गते बिहीबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले संयुक्त रूपमा यो प्रणालीको शुभारम्भ गरेका हुन् ।
यस प्रणालीमार्फत अबदेखि मास्टर कार्ड, भिसा कार्ड, अलिपे लगायत अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमा आवद्ध कार्ड प्रयोग गरी विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकहरूले सरकारी राजश्व सजिलै तिर्न सक्नेछन्।
हाल यो सुविधा अध्यागमन विभाग तथा त्यसका अन्तर्गतका निकायहरूबाट प्रवाह हुने अध्यागमनसम्बन्धी राजश्व भुक्तानीमा लागू गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेश गर्ने पर्यटकहरूका लागि यो सेवा उपलब्ध भइसकेको छ।





















प्रतिक्रिया