Logo

अर्थ

धरान उपमहानगरको २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा



विराटनगर । विवादका कारण तोकिएको समयमा बजेट आउन नकसकेको धरान उप महानगरपालिकामा बजेट आउने निश्चित भएको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले नीति, कार्यक्रम र बजेट पारित गरेसँगै शनिबार (असोज ४) नगरसभा बोलाइएको हो ।

यसअघि भदौ २६ मा नगरसभा गर्ने भनिए पनि भदौ २३ र २४ गते भएको आन्दोलनका कारण तय समयमा नगरसभा हुन सकेको थिएन ।

संविधान अनुसार असार १० गतेभित्र नगरसभा गरेर बजेट पारित गरिसक्नुपर्ने भएपनि धरानमा भने अझै बजेट आउन सकेको छैन । बजेट पास नहुँदा धरानमा बजेट होलिड छ ।

बजेट होलिडेका कारण धरानमा कर्मचारीहरुले साउन र भदौ महिनाको तलब पाउन सकेको छैन भने नगरको आर्थिक गतिविधिहरु ठप्प बनेको छ ।

धरान उप महानगरमा रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ कार्यपालिकामा पेस गरेको थियो ।

सो सिलिङमा एमालेको असहमति हुँदाहुँदै पनि मेयर हर्क साम्पाङले अल्पमतबाटै पारित गरेको दाबी गरेका थिए । विवादपछि पूँजीगत खर्च २० प्रतिशतले घटाउने सहमतिपछि १ अर्ब ९८ करोड रुपैयाँको बजेट पास भएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १२:४८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।