Logo

अर्थ

पुँजीबजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधार गर्न चार सदस्यीय कार्यदल गठन गरेका छन् ।  अर्थ मन्त्रालयले पुँजीबजार सुधारका लागि नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलका सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कामु कार्यकारी निर्देशक निरञ्जन फुँयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला छन् ।

केसी नेतृत्व कार्यदललाई पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि आवश्यक सुझाव र ठोस कार्यान्वयन कार्ययोजना पेस गर्ने जिम्मेवारी दिइएको छ ।

अर्थमन्त्रीस्तरको निर्णयबाट गठित कार्यदलले ५ दिनभित्र कार्ययोजना पेस गर्नुपर्ने समयसीमा रहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १३:३३   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।