Logo

अर्थ

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, फेरि ७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक



काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले (आज) आइतबार ७० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले ७ दिनको लागि थप ७० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी असोज १२ गते हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार ११:२३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।