काठमाडौं । नेपाल र चीनबीच वैदेशिक व्यापार हुने मुख्य दुई नाका रसुवागढी र तातोपानी बन्द भएसँगै यतिबेला मुस्ताङस्थित कोरला नाकामा चहलपहल बढेको छ ।
भन्सार विभागकाअनुसार कोरला नाका ३० भदौदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । शनिबारसम्म यो नाकाबाट २ सय ९ विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन् ।
त्यस्तै १ सय ७ वटा मालवाहक सवारीसाधन समेत यो नाका हुँदै भित्रिएको विभागले जनाएको छ । मालवस्तु जाँचपास गरी ३४ करोड ४७ लाख ४५ हजार २ सय ५२ रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
२४ असारमा आएको लेहेन्द खोला बाढीले रसुवा भन्सार कार्यालय पूर्णरूपमा बन्द भएको हो ।




















प्रतिक्रिया