नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि प्राधिकरणको नेतृत्व गर्दै आएका हितेन्द्र देव शाक्यलाई सरकारले जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ। शाक्य गत चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।
सरकारको पछिल्लो निर्णयसँगै अब प्राधिकरणको नेतृत्व मनोज सिलवालले सम्हाल्ने छन् भने शाक्य जल तथा ऊर्जा आयोगमा नयाँ भूमिकामा जिम्मेवारी निर्वाह गर्नेछन्।





















प्रतिक्रिया