काठमाडाैं । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी)ले दशैं, तिहार र छठको अवसर पारेर बिगमार्टसँगको सहकार्यमा ‘सेलिब्रेसन विथ एससीटी’ अफर सुरु गरेको छ । यो अफर असोज ६ गते घटस्थापनादेखि कार्तिक १० गते छठसम्म लागू हुनेछ ।
यस अफरअन्तर्गत ग्राहकहरूले देशभरिका बिगमार्टका १२० भन्दा बढी शाखाहरूमा एससीटी-युनियनपे कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । एक पटकको भुक्तानीमा अधिकतम रु १०० छुट पाइनेछ । यो सुविधा लिनका लागि पीओएस मेसिनबाटै भुक्तानी गर्नुपर्नेछ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी-युनियनपे कार्ड जारी गर्दै आएको छ । यस अफरको मुख्य उद्देश्य कार्डको प्रयोगलाई बढावा दिनु र नगदरहित कारोबारलाई प्रोत्साहन गर्नु रहेको कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया