Logo

अर्थ

दुई महिनामा ३३ अर्ब बराबर एफडीआई स्वीकृत



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन–भदौ) मा ३३ अर्ब ९ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार भदौसम्म ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको हो । यस अवधिसम्म अटोमेटिक रुटबाट १ अर्ब ३६ करोड र अप्रुभल रुटबाट ३१ अर्ब ७२ करोड ३८ लाख एफडीआई स्वीकृत भएको छ । भदौमा मात्र ८ अर्ब ९८ करोड ७० लाख एफडीआई स्वीकृत भएको छ ।

विभागका अनुसार साउनमा २४ अर्ब १० करोड बराबर एफडीआई स्वीकृत भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १०:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।