Logo

अर्थ

सेयर बजारमा भारी अंकको वृद्धि



काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२ को विन्दुमा कायम भएको छ ।

आज २३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब २९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीकाे ३८ करोड ६८ लाख रुपैयााको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै प्रभु स्मार्ट फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १५:१४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।