Logo

अर्थ

शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप



काठमाडाैं । शिवश्री हाइड्रोपावरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थपिएको छ । कम्पनीले गत भदौ १९ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको छ ।

यो हकप्रद खरिदका लागि असोज ८ गतेसम्म आवेदन दिने समयावघि दिइएको थियो । तर अब भने आवेदन दिने म्याद लम्बाएर असोज २३ गतेसम्म पुर्याइएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यपिटलका साथै सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगञ्ज, सुर्खेत, जनकपुर नारायणगढ, धनगढी, पोखरा(न्यूरोड), बुटवल र हेटौडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार ११:१२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।