काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेको छ ।
यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख २३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन २ लाख २१ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २६८० रुपैयाँ रहेको चाँदी आज २७०० पुगेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।




















प्रतिक्रिया