Logo

अर्थ

सामलिङ्ग पावरको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मेर्चन्ट बैंकिङ



काठमाडाैं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मेर्चन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले मंगलवार बाँडफाँड गरेको आईपीओ सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैँकिङ लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मेर्चन्ट बैंकिङले गर्नेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १६:१५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।