काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड मोबाइल सेवामा बिहीबार बिहानदेखि व्यापक समस्या देखिएको छ। बिलिङ प्रणालीमा देखिएको त्रुटिका कारण हजारौं प्रयोगकर्ताका फोन ‘वान वे’ अर्थात् आउटगोइङ कल गर्न नसक्ने अवस्थामा पुगेका छन्।
करिब ८ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् ।
नेपाल टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भए पनि कतिपय फोन ‘वान वे’ भएका छन् ।
मध्यरातदेखि टेलिकमको अनलाइन चार्जिङ सिस्टम (ओसीएस)मा समस्या आएको थियो । यो भनेको रियल टाइम चार्जिङ सिष्टम हो।




















प्रतिक्रिया