Logo

अर्थ

उच्च मूल्यबाट घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । सुन हालसम्मकै उच्च मूल्यबाट तोलामा १७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको २ लाख २१ हजार ३०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख २३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि उच्च विन्दुबाट तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ६८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार ११:२६   :  बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।