Logo

अर्थ

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब २६ करोडको कारोबार



काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ को विन्दुमा कायम भएको छ ।

आज १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब २६ करोडको सेयर कारोबार भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३० करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सिटी होटल्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.५५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १५:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।