Logo

अर्थ

नर्भिकको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न, आईपीओ निष्कासन प्रक्रिया सुरु गर्ने निर्णय



काठमाडाैं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । काठमाडौंमा बिहीबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो ।

साधारण सभाले चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । साथै साधारणसभाले ५ सञ्चालकसमेत निर्विरोध निर्वाचित गरेको छ ।

साविकका सञ्चालकहरु नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतबाट घोषणा गरिएको थियो ।

निर्वाचित हुने सञ्चालकहरुमा राजेन्द्रबहादुर सिंह, मेघा चौधरी, भुवनचन्द्र भट्ट, गजेन्द्रमान श्रेष्ठ र मनिषकुमार खेम्का रहेका छन् ।

यसैगरी, लेखा परीक्षकमा एसआर पाण्डे एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडमा परिवर्तन भएपछिको यो पाँचौं साधारणसभा हो ।

साधारण सेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १४:३८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।