Logo

अर्थ

सागर डिष्टिलरीको आईपीओ बाँडफाँट



काठमाडाैं। सागर डिष्टिलरी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो।

सो निष्काशनमा कुल २२ लाख २७ हजार ५०३ जनाले २ करोड ४२ लाख ८० हजार ५८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ९३ हजार ८२३ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १९ हजार ६४ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार ११:४४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।