काठमाडौं । दशैंपछि सुनको मूल्य बढेको छ । दशैंअघि असोज १२ गते सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ रहेकोमा अहिले ९ हजार ९ सय रुपैयाँ बढेर आज सोमबार २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबारको तुलनामा आज २ हजार २ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन २ लाख ३० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।
असोज १२ गते प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार २ हजार ९६० रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया