Logo

अर्थ

दशैंपछिको पहिलो सेयर कारोबारमै भारी गिरावट



काठमाडौं । दशैं बिदापछिको पहिलो सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४ को विन्दूमा कायम भएको छ ।

आज १६ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ६२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै युनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १९ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्द धेरै सेञ्चुरी डिबेञ्चर २०८८ का इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १५:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।