काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका कार्यवाहक सीइओ सन्तोषकुमार राठी गम्भीर अपराधमा मुछिएका छन् । राठी डेपुटी सीइओ हुँदा विभिन्न व्यक्ति तथा आफन्तका नाममा नक्कली कम्पनी खडा गरी एनआईसी एशिया बैंकबाट करोडौँ रुपैयाँ दुरुपयोग गरेको तथ्य भेटिएको छ।
राठीले बिराटनगर महानगरपालिका वडा नं २ का स्व. त्रिलोकचन्द दुगडकी श्रीमति रायकवरी दुगड, छोराहरु जसवन्त दुगड ( जैन), बिराटनगर महानगरपालिका २ का नगर सदस्य शेर सिह दुगड, र निजहरु का धर्मपत्नी कृत्तिका शर्मा र किरण दुगडको नाममा विभिन्न फर्महरु खडा गरी उक्त कम्पनी संचालन गर्ने नाममा आँफै कार्यरत एनआईसी एशिया बैंक, साबिकको मेगा बैंक र लक्ष्मी बैंकबाट विभिन्न शिर्षकमा झन्डै २५ करोड रुपैयाँ निकालेका छन्।
राठीले शंकर ट्रेड लिंक, ओसवाल वायर इण्डस्ट्रिज / प्रिमियम वायर इण्डष्ट्रिज, ओसवाल हार्डवेयर एण्ड सप्लायर्स र एभरेष्ट एग्रो इण्डष्ट्रिज नामक विभिन्न कम्पनीहरु खडा गरी उल्लेखित बैंकको करोडौं रकम हिनामिना गरेका हुन्। व्यवसाय संचालन गर्ने बहानामा विभिन्न व्यक्तिका नाममा खोलिएका कम्पनीमा बैंकबाट करोडौं रुपैयाँ लिएका राठीले उक्त रकम तिर्न अटेर गरेपछि सो बिषय सार्वजनिक भएको हो।
राठीले सार्वजनिक सँस्थाको जिम्मेवार पदमा रहेर पद तथा अख्तियारको दुरुपयोग गरेको तथ्य भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। राठीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ‘भ्रस्टाचारको छानविन गरिपाउँ’ भनी परेको उजुरीमा भनिएको छ-‘ राठीले अख्तियारको दुरुपयोग गरी विभिन्न बैंकको २२ करोडभन्दा बढी रुपैयाँ दुरुपयोग गरेका छन्। उल्लेखित फर्म र उद्योगमा विगत ४ वर्ष देखि कुनै काम कारोवार भएको छैन। यहाँसम्मसम्म कि यी कारोवारहरुले Exim Code समेत लिएको छैन । Exim Code समेत नलिएको, काम कारोवार पनि नभएको, उद्योगको बिजुलीको बिल समेत शुन्य रहेको, गोदाममा मौजदात समेत छैन तर नक्कली वासलात बनाएर करोडौं रुपैया निकालिएको छ।’
‘राष्ट्र बैंकका कर्मचारी चेकजाँच गर्न आउँदा अर्का व्यक्तिको सामान आफ्नो गोदाममा ल्याएर देखाइएको, असम्बन्धित व्यक्तिको गोदाम चेक गराइएको उजुरीमा उल्लेख छ।
‘ उल्लेखित फर्मका प्रोपराइटर जसवन्त दुगड केहि महिना अगाडि मात्र नेपाल सरकारको क्रेडिट इन्फर्मेसन ब्युरोको वेबसाइटमा कालोसूचीबाट फुकुवा भएकोका व्यक्ति हुन्। एनआईसी एशिया बैंकका डेपुटी सीइओ संतोष राठीको प्रत्यक्ष निर्देशन र आदेशमा लाखौं रुपैया घुस खाएर विभिन्न शिर्षकमा प्रवाह भएको ऋणलाई नविकरण गर्ने, व्याज तिर्ने रकम समेत बैंकबाटै थप गरी दिने गरिएको छ।’ उजुरीमा भनिएको छ।
त्यस्तै, उजुरीमा प्रदेशका उद्योग श्रम तथा रोजगार मन्त्रालयको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको Everest Agro Products जसको न त उत्पादन छ, न बिजुलीको लाइन छ, न मेशिन छ, न मौजदात छ, न लेबरहरु छन्। अतापतो नभएको कम्पनीमा ऋण प्रवाह गरीएकोले निष्पक्ष रुपमा छानबिन गरी बैंकमा रहेको सर्वसाधारण जनताको करोडौं रकम राठीले दुरुपयोग गरी भएको भ्रष्टाचार गरेकाले छानबिन गरी कारबाही गर्न भनिएको छ।
राठीविरुद्द परेको उजुरीमाथि अनुसन्धान गर्ने क्रममा अख्तियारले उक्त उजुरी राष्ट्रिय सतर्कता केन्द्रमा पठाएको अख्तियार स्रोतले जानकारी दिएको छ। सतर्कता केन्द्रमा पुगेको उक्त उजुरीमाथिको छानविन प्रकृया कहाँ पुग्यो भन्ने सन्दर्भमा केन्द्रका एक अधिकारीले उक्त बिषय जिल्ला प्रसासन कार्यालयमा लेखि पठाएको र प्रसासनमार्फत् सम्बन्धित बैंकमा पठाइएको बताएका छन्। स्रोतका अनुसार उनीविरुद्द पक्राउ पुर्जी समेत जारी भएको र पावर र पहुँचका आडमा उक्त पक्राउ पुर्जी तामेलीमा राखिएको छ।
करोडौं हिनामिना भएको जानकारी पाप्त भएपछि एनआईसी एशिया बैंकको बिराटनगर साखामा नेपाल राष्ट्र बैंकले स्पेसल इन्सपेक्सन पुग्यो। उक्त सुपरिवेक्षणबाट राठीले वित्तीय अपराध गरेको निष्कर्ष निकालेको नियाकम निकायले समेत पैसा र पावरका आडमा ‘लिएको रकम तिर्नु’ भनेर राठीलाई उन्मुक्ति दियो, कारबाही भएन।
यस सम्बन्धमा बुझ्दा कार्यावाहक सीइओ राठीले भने आँफूलाई कुनै पनि जानकारी नभएको बताएका छन्।






















प्रतिक्रिया