काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत प्रणालीको पैसा खिच्न लागेको हो ।
केन्द्रीय बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७५ अर्ब तरलता छ । बैंकले ११ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।
बुधबारसम्ममा केन्द्रीय बैंकसँग वित्तीय प्रणालीको ७ खर्ब ६७ अर्ब रुपैयाँ मौज्दात छ । उक्त मौज्दात रकममध्ये स्थायी निक्षेपको ६ खर्ब ९२ अर्ब हो भने निक्षेप संकलनको ७४ अर्ब ५५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ ।




















प्रतिक्रिया