Logo

अर्थ

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका



काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि बैंकले असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

बैंकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकले आगामी कात्तिक १२ गते बुधबारका दिन काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आफ्नो ३१औं वार्षिक साधारणसभा आयोजना गर्दैछ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १०:५३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।